काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस अघि सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि चाँदी तोलाको २९६० मै कारोबार भएको थियो ।
सुनको मूल्य बढ्नुको कारण के हो ? तलको समाचार पढ्नुस् –
‘ब्रिक्स–पे’ले सुनको मूल्य बढाएको हो ? यी पाँच देशले यसरी हल्लाउँदैछन् अमेरिकी डलरको जग !
FACEBOOK COMMENTS