काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
साताको चाेथाे दिन आज तोलामा १ हजार ७०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य स्थिर रहेकाे छ । मंगलबार तोलामा १ हजार९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मूल्य कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS