काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ ।
साताको पाँचाै दिन सुन आज तोलामा ६०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार बिहिबार छापावाल सुन तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा १० रूपैँयाले घटेकाे छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीकाे मूल्य बिहिबार १ हजार ९ सय ५५ रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS