काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३४ सयले बढेर तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २२५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २२३५ मा कारोबार भएको थियो।
FACEBOOK COMMENTS