काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ घटेर एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS