काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशीप सिरिज शाओमी १२ सिरिजमध्ये ‘शाओमी १२प्रो’को प्रि–बुकिङ खुल्ला गरेको छ ।
प्रि–बुकिङ आज शुक्रबारदेखि आगामी १५ गतेसम्म खुला रहने कम्पनीले बताएको छ । प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध रहेको कम्पनीको भनाइ छ । उपभोक्ताहरुले यो फोन किन्दा पाँच हजार रुपैयाँ क्यासब्याक तुरुन्तै पाउनाुको साथै ‘मी नेकब्यन्दा ब्लुथूथ इयरफोन प्रो’ अथवा ‘मी पोर्टेबल ब्लुटुथ स्पिकर’ सित्तैमा पाउन सक्ने छन् ।
शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जीबीमा उपलब्ध छ भने यसको बजार मूल्य १ लाख १४ हवार ९९९ रुपैयाँ कायम गरिएको छ ।
यो फोनमा २०२२ को फ्ल्यागशीप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशीप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा यसको सबैभन्दा छिटो चार्ज हुने हो । नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।
FACEBOOK COMMENTS