काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ ।
मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS