गोरखा ब्रुअरी/काल्र्सबर्ग समूहले देशभरका व्यवसायिक स्थानलाई जोड्दै बोतलको पुन:प्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्य सहित नयाँ अभियान अघि सारेको छ ।
“नेभर लिभ ए बोटल बिहाइन्ड” भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ तर्फ उन्मुख गराउने बताइएको छ ।
अभियानअन्तर्गत खालिसीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाको बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुन:प्रयोगको प्रक्रियामा पठाउनेछ । यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यो मोडेलमार्फत व्यवसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुन:प्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।
गोरखा ब्रुअरीका अनुसार “खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने हाम्रो प्रतिबद्धतालाई व्यवहारमै उतारेको छ। व्यवस्थित पुन:प्रयोग समाधान उपलब्ध गराएर हामी इएसजी लक्ष्यलाई थप मजबुत बनाउँदैछौँ र सफा–हरियो नेपाल निर्माणमा सहयोग पुर्याइरहेका छौँ ।

”समग्र कर्मचारीको तर्फबाट स्वागत तथा बधाइ ज्ञापन गर्दै मानवस्रोत विभागका महाप्रवन्धक अनुश्री ताम्राकारले नयाँ नेतृत्व चयनसँगै गोल्याण ग्रुपको नयाँ अध्याय सुरु भएको र यो क्षण कोशेढुंगा सावित हुने बताइन् ।



FACEBOOK COMMENTS