काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा भिसा डेबिट कार्डको शुभारम्भ गरेको छ ।
कम्पनीका अध्यक्ष डेकिन्द्र कुमार राईले केन्द्रीय कार्यालय डिल्ली बजार काठमाडौँमा एक कार्यक्रमका बिचमा भिसा डेबिट कार्डको उद्घाटन गरेका हुन् । योसँगै गोर्खाज फाइनान्स भिसा डेबिट कार्ड सुरुवात गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ । कम्पनीको अब भिसा कार्ड मार्फत ग्राहकहरूले भिसा एटिएम बुथ वाट सजिलै कारोबार गर्न सक्नेछन् ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष घिमिरेले फाइनान्स अहिले डिजिटलमुखि बनिरहेको बताए ।
त्यसै गरी वार्षिकोत्सवकै अवसरमा संस्थाको नारायणगढ शाखाबाट आजै अर्थात् कार्तिक २४ गतेदेखि लकर सेवा पनि सञ्चालनमा ल्याएको छ । संस्थाको हाल सम्म सातै प्रदेश मा २६ वटा शाखा रहेका छन् । हाल सम्म गोर्खाज फाइनान्स को एटिएम सुविधा लिने करिब ६ हजार ५०० जना ग्राहकहरू रहेको छन् ।
FACEBOOK COMMENTS