रसुवा । गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका २२ वर्षीय फ्रा सुखोन तोस्राक्साको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाले उद्धार गरेको हो ।
उनलाई चन्दनबारी सुरक्षा बेशबाट गएको सेनाको टोलीले उद्दार गरेको थियो । शुरुमा उनको चन्दनबारीस्थित लिटिल बुद्ध होटलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
FACEBOOK COMMENTS