काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिस समितिको रिक्त सदस्यमा अर्थविद् डा पोषराज पाण्डे नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डा. विश्व पौडेलले राजीनामा दिएपछि उनको ठाँउमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
उक्त समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । सदस्यमा राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र नयाँ सदस्य पाण्डे रहेका छन् ।
FACEBOOK COMMENTS