काठमाडौ । सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशका लागि राजदूत नियुक्ति सिफारिस गर्ने निर्णय गरेको हो । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरिएको छ ।फिर्ता बोलाएका देशमा नयाँ राजदूत पठाउने निर्णाय भएको हो ।
सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे र मलेसियामा डा. नेत्र तिमल्सिनालाई सिफारिस गरेको छ ।
FACEBOOK COMMENTS