काठमाडौं । सरकार र जेन जी प्रतिनिधिबीच भएको सम्झौताविरूद्ध परेको रिटमा अन्तरिम आदेशका लागि दुई पक्षबीच छलफल हुने भएको छ । सोमबार न्यायाधीश अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल हुने भएको हो । गत भदौ २३ र २४ गते भएको जेन जीआन्दोलनलाई संस्थागत गर्न भन्दै सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो ।
उक्त सम्झौताका प्रावधानहरू कार्यान्वयन भएमा राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुग्ने भन्दै अन्तिम फैसला आउँदासम्मका लागि यस्ता कार्य नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएका थिए । पुस ११ गते न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले दुई वटा रिटलाई एकसाथ राखेर पेस गर्न आदेश दिएको थियो। त्यसअनुसार आज दुई पक्षबीच अन्तरिम आदेशका लागि छलफल हुन लागेको हो ।
FACEBOOK COMMENTS