काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको घोषणा गरिएको छ ।
युनियनका अध्यक्ष राजु ओलियाले सूचनामार्फत राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन भंग गरेको घोषणा गरेका हुन् ।
सूचनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी सय कार्यसूची उल्लेख गरिएको व्यवस्थालाई स्वागत गर्दै भंग गरेको उल्लेख गरिएको छ ।
‘निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत १५ गतेबाट भंग गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।
१३ चैतमा मन्त्रिपरिषद्ले बैठकले पारित गरेको कार्यसूचीमा सरकारी निकायमा रहेका कर्मचारी युनियन भंग गर्ने उल्लेख छ ।



FACEBOOK COMMENTS