काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सो आग्रह गरेका हुन् । मन्त्री अर्यालले सरकार संवादका लागि तयार रहेको स्पष्ट समेत पारे ।
‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन’, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री अर्यालसहित ४ वटै सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाका विषयमा छलफल गरेका थिए ।
FACEBOOK COMMENTS