काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले फेरि एक पटक अन्तर्राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ ।
ह्वाइट हाउसमा तेल र ग्यास उद्योगका शीर्ष अधिकारीहरूसँगको बैठकमा, ट्रम्पले स्पष्ट रूपमा अमेरिकाले ग्रीनल्याण्डको बारेमा त्यहाँका मानिसहरू सहमत भएपनि वा डेनमार्क सहमत भएपनि वा नभएपनि केहि गर्ने भन्ने अभिव्यक्ति दिएका छन् ।
ट्रम्पले ग्रीनल्याण्डलाई सजिलो बाटोबाट प्राप्त गर्न चाहन्छन्, तर यदि त्यसो भएन भने, अझ कठिन बाटो अपनाइने चेतावनी दिएका छन् । उनले ग्रीनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाको लागि महत्त्वपूर्ण रहेको र यसको खनिज स्रोतहरू र आर्कटिक क्षेत्रमा रूस र चीनको बढ्दो सैन्य गतिविधिहरू रहेको दाबी गरेका छन् ।
ट्रम्पले यदि अमेरिकाले कारबाही गरेन भने, रूस वा चीनले ग्रीनल्याण्डमा प्रभाव प्राप्त गर्न सक्ने, जसले अमेरिकाको लागि खतरा निम्त्याउने बताएका छन् । उनले अमेरिकाले कुनै पनि परिस्थितिमा रूस वा चीनलाई आफ्नो छिमेकी बन्न नदिने बताएका छन् । ट्रम्पका अनुसार, जब अमेरिकाले कुनै क्षेत्रको स्वामित्व लिन्छ, यसले पूर्ण शक्तिका साथ यसको रक्षा गर्ने बताएका छन् ।
डेनमार्क र यसका युरोपेली सहयोगीहरूले ट्रम्पको भनाइमा आश्चर्य र चिन्ता व्यक्त गरेका छन् । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले ग्रिनल्याण्डमा भएको कुनै पनि आक्रमणले नेटो र दोस्रो विश्वयुद्ध पछि स्थापित सुरक्षा व्यवस्थालाई कमजोर बनाउने चेतावनी दिएकी छन् । ग्रिनल्याण्डमा अमेरिकाको पहिले नै सैन्य अड्डा रहेको छ ।

FACEBOOK COMMENTS