काठमाडौं । धितोपत्र मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, यस दिन बजार ४६.७८ अंकले घटेर परिसूचक २७९६.५७ विन्दु कायम भएको छ । अघिल्लो दिन ३२ अंकले घटेको थियो ।
३२९ कम्पनीको कारोबार हुँदा ३४ वटा कम्पनीको मात्रै मूल्य बढ्यो । बाँकी २२५ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर रह्यो ।
कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकामा यस दिन १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा यो आठ अर्ब ३६ करोडले कम हो । १३ समूहमध्ये म्युचुअल फन्डबाहेक सबै सूचक राताम्ये बनेका छन् ।
लाइफ इन्स्योरेन्सको सर्वाधिक २७२.२७ अंक अर्थात् १.९८ प्रतिशतले घटेको छ । सालपा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि नेसनल हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स, रिदी पावरको मूल्य क्रमश: ९.९६, ९.३३, ५.७२ प्रतिशतले बढ्यो ।
FACEBOOK COMMENTS