काठमाडौं । झापा जिल्लाको कनकाई नगरपालिका तुलसीबारीमा प्रहरीले गोली चलाएको छ ।
लागूऔषध कारोबारीलाई समात्ने क्रममा गोली चलाएको जनाएको छ ।
गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन् भने युसुफ आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले ३२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा नजिक रहेको तुलसीबारी क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रण गर्न लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय, झापाको टोली परिचालित थियो।
FACEBOOK COMMENTS