काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्र बैंकका गभर्नर सिफारिस समितिको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन् ।
गभर्नरको सशक्त दाबेदारको रुपमा रहेका भट्टले राजीनामा दिएर सिफारिस समितिलाई निर्णयका लागि सहज वातावरण तयार पारेको बुझिएको छ ।
सम्भवतः गभर्नर सिफारिस समितिको बैठक आजै बस्ने छ ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजत्वमा बनेको समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेपछि त्यसका आधारमा एक जनालाई सरकारले गभर्नर नियुक्ति गर्ने छ ।
FACEBOOK COMMENTS