काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते भएको जेनजी घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् ।
उनले राष्ट्रिय मानव अधिकार आयोगलाई अनुसन्धान प्रतिवेदन उपलब्ध गराइदिन माग गरेको बताइएको छ ।
उक्त घटनामा आफूलाई समेत दोषी देखाइएको भन्ने चर्चा सुनेको भन्दै प्रतिवेदन उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।