काठमाडौं । जीडब्ल्यूएम नेपालले दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘जीडब्ल्यूएम चाडपर्वको अफर – अझ धेरै पाउनुहोस्’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत जीडब्ल्यूएम का विद्युतीय एसयूभी ओरा ५ इभी र हाभल जोलियन म्याक्स ईभीखरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ओरा ५ इभीखरिदमा २ लाख रुपैयाँसम्म र हाभल जोलियन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुनेछन् । अफरअन्तर्गत फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर तथा एसेसरिज उपलब्ध गराइनेछ ।
त्यसैगरी ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु तथा सहज फाइनान्सिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ ।
जीडब्ल्यूएम को ओआरए ५आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीका लागि परिचित मोडल भएको कम्पनीको भनाइ छ । प्रविधिमैत्री इन्टेरियर र आधुनिक डिजाइन रहेको ओआरए ५ले नेपाली बजारमा पनि ग्राहकको चासो बढाउँदै आएको कम्पनीले जनाएको छ ।

उक्त मोडलले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवाड्र्स (टाडा) अन्तर्गत ‘फ्यामिली कार’ विधामा बेस्ट इन्टेरियर डिजाइन अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा आधुनिक एसयूभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ । यो मोडल नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।

‘थपका साथ अघि बढ्नुहोस्’ अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको जीडब्ल्यूएम नेपालले जनाएको छ । कम्पनीले विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो ईभी पोर्टफोलियोलाई विस्तार गर्दै आएको जनाएको छ ।
भिजी इम्पेक्स प्रालिको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो । कम्पनीका अनुसार यो अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ ।
ग्राहकले सम्बन्धित शोरुममा गएर अफर, एक्सचेन्ज तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्नेछन् ।