काठमाडौं । विगत एक महिनादेखि उपत्यकाबाहिर रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा हुँदै काठमाडौं फर्किएका छन् ।
उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाललगायत विभिन्न समूहहरूले काठमाडौंमा र्याली निकालेका थिए । काठमाडौं विमानस्थलबाट निस्किएको सो र्याली गौशाला, चावहिल, सुकेधारा, नारायणगोपाल चोक हुँदै अहिले निर्मल निवास पुगेको छ ।
त्यस क्रममा केही क्षेत्रका ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको थियो भने सर्वसाधारणहरूले हिँडेरै आफ्नो गन्तव्यतिर जान परेको थियो ।
हेरौँ केही तस्बिरहरू–
तस्बिर : रासस र फोटो लाइब्रेरी
FACEBOOK COMMENTS