काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार १७ घण्टामै ढालिदिने चेतावनी दिएका छन् ।
जेन्जी र कर्णालीको प्रतिनिधित्व भन्दै टासी ल्हाजोमलाई मन्त्री बनाउन लागिएकोमा आपत्ति जनाउँदै उनले सरकार ढाल्ने चेतावनी दिएका हुन् । मन्त्री सिफारिस हुन लागेकी ल्हाजोम फ्रि तिब्बत अभियानमा संलग्न रहेको नेता शाहीको दाबी छ ।
उनले ल्हाजोमका बुबा र हजुरबुबा दलाइ लामासँगै तिब्बतबाट भागेर आएका शरणार्थी भएको र ल्हाजोमसमेत भारतमा तिब्बती क्याम्पमा अध्ययन गरी फ्रि तिब्बत अभियानहरूमा संलग्न रहँदै आएको स्पष्ट गरेका छन् ।
ल्हाजोमको नाम उल्लेख नगरी नेता शाहीले भनेका छन्–
अब बन्ने मन्त्रिपरिषदमा भारतको धर्मशालामा तिब्बती क्याम्पमा अध्ययन गरेकी विदेशी राजूतावासमा अस्थायी कर्मचारी भएकी एउटा फ्री तिब्बत अभियानकी अभियन्ता एवम् उसका बाउबाजे तिब्बतबाट दलाई लामासँगै भागेर आएका तिब्बती शरणार्थी हुन् । तर, उसका बाउआमाले नक्कली नागरिकता लिँदै कर्णालीमा बसेका छन् । जो वास्तविक कर्णालीका बासिन्दा नै होइनन् । एउटी तिब्बतीयनलाई नेपालको मन्त्रिपरिषद्को सदस्य बन्ने कुरा सुन्नमा आएको छ यदि यसरी आँखा अगाडि राष्ट्रघात गर्दै नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डतालाई आँच पुग्ने काम यो सरकारले गर्यो भने यादगार सरकार केपी ओलीको सरकार त २७ घण्टामा ढल्यो तिम्रो सरकार १७ घण्टा पनि लाग्दैन सम्माननीय प्रधानमन्त्रीज्यू म हजुरलाई धेरै नै सम्मान गर्दछु । तर देश नै नरहने अवस्था आयो भने तपाईंका विरुद्धमा खडा हुनुपर्ने दिन आउन सक्छ । त्यसैले म सुझावका रुपमा भन्दैछु– यस्ता गलत क्रियाकलाप अगाडि नबढाउ सम्माननीय प्रधानमन्त्रीज्यू तपाईँलाई अनुरोध गर्दछु ।
त्यसो त ल्हाजोमलाई मन्त्री बनाउनेसम्बन्धी समाचार शुक्रबार साँझ सार्वजनिक भएलगत्तै जेन्जीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएकी छिन् । जेन्जी आन्दोलनमा कुनै भूमिका निर्वाह नगरेके व्यक्तिलाई मन्त्री बनाउन ठिक नहुने भन्दै उनले फ्रि तिब्बतको अभियन्ता भएको हो भने पनि सरकारले छानविन गर्नुपर्ने माग गरेकी छिन् ।
यस्तो छ विज्ञप्ति–
FACEBOOK COMMENTS