काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा) का प्रवक्ता एवम् निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले कर्णालीबाट जोसुकै व्यक्ति मन्त्री भने पनि आफूले स्वीकार गर्ने बताएका छन् ।
फ्रि तिब्बत अभियानमा संलग्न रहेको व्यक्तिलाई मन्त्री बनाउने तयारी भइरहेको भन्दै यसअघि आपत्ति जनाएका उनले अहिले स्वीकार गर्ने बताएका हुन् । तर, मन्त्री नियुक्त भएकाहरूले राष्ट्रको हितबाहेक अन्य कुरा गर्न नपाउने कुरामा भने अहिले पनि अडिग रहेको स्पष्ट गरेका छन् ।
‘कर्णालीबाट जोसुकै मान्छे पनि मन्त्री भए मेरो स्वीकार छ, तर मन्त्री हुने व्यक्ति यो देशको हितमा काम गर्छ कि गर्दैन भन्ने ग्यारेन्टी हुनुपर्छ,’ उनले भनेका छन् ।
उनका् यसअघिका अभिव्यक्तिबारे प्रकाशित/प्रशारित समाचारप्रति खण्डन गर्दै उनले व्यक्ति तोकेर कसैलाई पनि आफूले लाञ्छित नगरेको स्पष्ट गरेका छन् । ‘समाचारमा आएका कुराको खण्डन गर्दै म भन्छु– मैले कोही कसै व्यक्तिको नाम तोकेर विदेशी एजेन्ट हो भनेको छैन तर हामीले याद गर्नुपर्छ यो राष्ट्र अंग्रेजसँग, तिब्बतसँग र मुगलसँग तपाईँ हाम्रा पुर्खाहरूले रगत बगाएर आर्जेको र जोगाएको हो त्यसैले राष्ट्रघात हुनबाट युक्रेन जस्तो हुनबाट जोगाउन हामी सबैको कर्तव्य हो ।’
अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी र कर्णालीको प्रतिनिधित्व गराउनेगरी टाशी ल्हाजोमलाई मन्त्री बनाउने तयारी गरेकी छिन् । उनको यो तयारी दोस्रोपटक विवादमा परेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम पनि सपथको सूचीबाट हटाउनुपरेको थियो । मिश्रा भ्रष्टाचार र अनियमितता जोडिएको भन्दै मन्त्री बन्नबाट रोकिएको थियो ।
यो पनि पढ्नुहोस्–
तिब्बतीयनलाई मन्त्री बनाउने तयारीपछि ज्ञानेन्द्र शाहीको चेतावनी– सरकार अब १७ घण्टा टिक्दैन
FACEBOOK COMMENTS