काठमाडौं । भारतीय फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) ब्राण्ड डाबर नेपाल प्रालिका कन्ट्री हेड अर्थात् व्यापार प्रमुख हरकिरत सिंहलाई कर्पोरेट अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ अन्तर्गत बेष्ट मल्टिनेशनल इन्डष्ट्री अवार्ड प्रदान गरेको हो ।
डाबर नेपालका लागि निकै अनुभवी र व्यावसायिक व्यक्तित्व हरकिरतले नेपाल र भारतबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई प्रबर्द्धन र सुदृढ गर्न संयुक्त आर्थिक परिषद् र विभिन्न व्यापार तथा उद्योग निकायहरूमा डाबरको प्रतिनिधित्व गर्दै आएका छन् ।
व्यावसायिक क्षेत्रमा २४ वर्ष लामो यात्रा गर्नुभएका उहाँले डाबर नेपालमा रहेर काम गरेको मात्रै २१ वर्ष बितिसकेको छ । यस क्रममा उनले भारतसहित दक्षिण एशिया र एशियाका विभिन्न देशमा रहेर काम गरिसकेका छन् ।
सन् १९९८ मा भारतको एभरेडी इन्डष्ट्रीज इण्डिया लिमिटेडमा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा आफ्नो व्यावसायिक करिअर सुरू गरेका बेदी सन् २००१ मा डाबर ग्रुपमा जोडिएका थिए । सन् २००७ मा डाबर नेपालको सेल्स एण्ड मार्केटिङ हेडका रूपमा नेपाल सरुवा भइका उनी सन् २०१२ मा कन्ट्री म्यानेजर बनेका थिए । यस्तै, सन् २०१६ मा एकसाथ नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, कम्बोडियाको व्यापार प्रमुख बनेका थिए ।
कोलकत्ता विश्वविद्यालयबाट मार्केटिङमा एमबीए गरेका बेदी हाल नेपाल–इण्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज (एनआईसीसीआई) को उपाध्यक्ष र इण्डिया बिजनेश फोरमको संयोजक छन् । यसैगरी उनी नेपाल उद्योग परिसंघ
(सीएनआई)को राष्ट्रिय परिषद् सदस्य समेत बनेका थिए । यस क्रममा उनलाई नेपाल सरकारले ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’का रूपमा सम्मान समेत गरिसकेको छ ।
FACEBOOK COMMENTS