काठमाडौं । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ ।
यस्तै सोही अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको हो ।
कार्यस्थल पुगेर पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भए अनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले निकालेको सूचनामा ‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ ।’
हेर्नुहोस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना :
FACEBOOK COMMENTS