काठमाडौं । ‘हेल्दी च्वाइस एस्थेटिक हस्पिटल’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. उदिप श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो बेष्ट फेसन एण्ड ब्युटी इन्स्टिच्युसन अफ द इयरका रूपमा सो अवार्ड प्रदान गरेको हो ।
एस्थेटिक अर्थात् सौन्दर्यसम्बन्धी विश्वस्तरीय सबै सेवाहरू नेपालमा उपलब्ध गराउने महान उद्देश्य र लक्ष्यका साथ अघि बढिरहेका डा. उदिप श्रेष्ठले एस्थेटिकसम्बन्धी नेपालमै पहिलो हस्पिटल सञ्चालन गर्दै आएका छन् ।
सो हस्पिटललाई नेपालको ‘कस्मेटिक सिटी’ बनाउने योजनासहित अघि बढिरहेका डा. श्रेष्ठसँग डा. आमी प्रधान, डा. अनिश जोशी, डा. सरिना राजभण्डारी, डा. दर्शन गुरुङ, डा. प्रियङ्का त्रिपाठी, डा. आयुष अधिकारी र डा. विबेक खड्कासहितको बलशाली टीम छ ।
उको अग्रगामी भावना र अटल प्रतिबद्धताले अरु धेरै मानिसहरूलाई आ–आफ्नो क्षेत्रमा उत्प्रेरित गर्दै आत्मविश्वास समेत प्रदान गरिरहेको छ । हाल प्रतिमहिना करिब ८०० जनालाई सेवा प्रवाह गरिरहेको अस्पतालले कपाल र छालाको सुन्दरता वृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको तथा नेपालमा एस्थेटिकसम्बन्धी नयाँ–नयाँ प्रविधि र मेशिनहरू भित्र्याउँदै सेवालाई एकपछि अर्को गुणस्तर बनाउँदै लगिरहेको छ ।
क्लिनिकबाट सुरू भइ हस्पिटल बनेको हेल्दी च्वाइसले भावी दिनमा आफूलाई थप नयाँ उचाइमा लैजान आफ्नो सेवालाई विशिष्ट बनाउँदै लैजाने प्रतिज्ञा गरेको छ ।
FACEBOOK COMMENTS