काठमाडौं । नेपालको पहिलो र सबैभन्दा विश्वसनीय होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोल्युससन सेन्टर हैल्दी होमले आफ्नो २१ औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ ।
हेल्दी होमको २ दशकको यो यात्राले नेपालको वेलनेस उद्योगमा कम्पनीको योगदान, ग्राहक सेवाप्रति कम्पनीको प्रतिबद्धता र कम्पनीप्रति सेवाग्राहीको विश्वासलाई प्रतिबिम्बित गरेको छ ।
वि.स.२०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रुपमा स्थापना गरेको हेल्दी होम काठमाडौं र पोखरामा ४ शाखासहित वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा अग्रणी नामका रुपमा विकसित भएको छ, र आज सम्म ५० हजारभन्दा बढी ग्राहकहरुलाइ सेवा प्रदान गरिसकेको छ ।
आज हेल्दी होम वेट म्यानेजमेन्ट, बडि शेपिंग, स्किन एण्ड हेयर एनलाइसिस सेवाका लागि मुख्य रुपमा परिचित हुनुको साथै वेलनेस उद्योगमा आफ्नो स्थानलाई अग्रणीका रूपमा सुदृढ गर्दै आएको छ ।

हेल्दी होमले नेपालमा पहिलोपटक तौल घटाउने सेवा तथा प्रविधि भित्र्याउदै वेलनेस तथा ट्रान्सफर्मेसन सेवाहरु कसरी प्रदान गरिन्छ भन्ने दृष्टिकोणलाई नै पुन: परिभाषित गरेको छ ।
लन्चमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुषालले भने, ‘हेल्दी होमको लागि २१ औं वार्षिकोत्सव वास्तवमै एक गौरवशाली उपलब्धिको साथ–साथै अझ ठूलो जिम्मेवारीको सुरुवात हो ।
यसले हामीप्रति हाम्रा ग्राहकहरुको विश्वास, हाम्रो टिमको समर्पण, र ग्राहक सन्तुष्टिप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।
हामी निरन्तर अघि बढिरहनेछौँ, अझै धेरै जीवनहरुमा आत्मविश्वास ल्याईरहनेछौं, र नेपाल तथा र नेपाल बाहिर पनि वेलनेसको स्तरलाई अझ उकास्नेछौँ ।
२१ वर्षअघि हेल्दी होम स्थापना गर्दा हाम्रो उद्देश्य केवल उपचार गर्नु मात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु थियो । आज हजारौं सेवाग्राहीको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।
अब नयाँ पुस्ताको नेतृत्वसँगै यही मूल्य, यही विश्वास र यही सेवाभावलाई अझ व्यापक बनाउँदै हेल्दी होमलाई नयाँ उचाइमा पुरÞ्याउनेमा म पूर्ण विश्वस्त छु ।’
त्यस्तै हेल्दी होमका म्यानेजिङ्ग डाइरेक्टर मन्दिप भुसालले भने ‘हेल्दी होम मेरो लागि केवल एउटा संस्था मात्र होइन, यो मेरो परिवारको सपना, मूल्य–मान्यता र सेवाप्रतिको प्रतिवद्धताको प्रतिरूप हो ।
आज बुबा र कृष्णजीले निर्माण गर्नुभएको यो २१ वर्षको विरासतलाई अझ अघि बढाउने जिम्मेवारी पाउनु मेरो लागि गौरवसँगै ठूलो उत्तरदायित्व पनि हो ।
हामी संस्थापकद्वयको दूरदृष्टि र मूल्य मान्यतालाई आधार बनाएर आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत हेल्दी होमलाई नेपालको अग्रणी समग्र स्वास्थ्य तथा वेलनेस संस्थाका रूपमा अझ सशक्त बनाउनेछौं ।
आगामी वर्षहरूमा थप सेवा विस्तार, नयाँ शाखा स्थापना र गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुरÞ्याउने हाम्रो स्पष्ट लक्ष्य छ। यो यात्रा सम्भव बनाउने हाम्रा संस्थापक, सम्पूर्ण टोली, सेवाग्राही, साझेदार तथा शुभेच्छुकहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। हामीले निर्माण गरेको विश्वासलाई अझ बलियो बनाउँदै स्वस्थ नेपाल निर्माणको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । ’
लन्चमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुषालले भने, ‘हेल्दी होमको लागि २१ औं वार्षिकोत्सव वास्तवमै एक गौरवशाली उपलब्धिको साथ–साथै अझ ठूलो जिम्मेवारीको सुरुवात हो ।
यसले हामीप्रति हाम्रा ग्राहकहरुको विश्वास, हाम्रो टिमको समर्पण, र ग्राहक सन्तुष्टिप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । हामी निरन्तर अघि बढिरहनेछौं, अझै धेरै जीवनहरुमा आत्मविश्वास ल्याईरहनेछौं, र नेपाल तथा र नेपाल बाहिर पनि वेलनेसको स्तरलाई अझ उकास्नेछौँ ।
२१ वर्षअघि हेल्दी होम स्थापना गर्दा हाम्रो उद्देश्य केवल उपचार गर्नु मात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु थियो । आज हजारौं सेवाग्राहीको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।
अब नयाँ पुस्ताको नेतृत्वसँगै यही मूल्य, यही विश्वास र यही सेवा भावलाई अझ व्यापक बनाउँदै हेल्दी होमलाई नयाँ उचाइमा पुरÞ्याउनेमा म पूर्ण विश्वस्त छु ।’
त्यस्तै हेल्दी होमका म्यानेजिङ्ग डाइरेक्टर मन्दिप भुसालले भने ‘हेल्दी होम मेरो लागि केवल एउटा संस्था मात्र होइन, यो मेरो परिवारको सपना, मूल्य–मान्यता र सेवाप्रतिको प्रतिवद्धताको प्रतिरूप हो ।
आज बुबा र कृष्णजीले निर्माण गर्नुभएको यो २१ वर्षको विरासतलाई अझ अघि बढाउने जिम्मेवारी पाउनु मेरो लागि गौरवसँगै ठूलो उत्तरदायित्व पनि हो । हामी संस्थापकद्वयको दूरदृष्टि र मूल्य मान्यतालाई आधार बनाएर आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत हेल्दी होमलाई नेपालको अग्रणी समग्र स्वास्थ्य तथा वेलनेस संस्थाका रूपमा अझ सशक्त बनाउनेछौँ ।
आगामी वर्षहरूमा थप सेवा विस्तार, नयाँ शाखा स्थापना र गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुरÞ्याउने हाम्रो स्पष्ट लक्ष्य छ। यो यात्रा सम्भव बनाउने हाम्रा संस्थापक, सम्पूर्ण टोली, सेवाग्राही, साझेदार तथा शुभेच्छुकहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। हामीले निर्माण गरेको विश्वासलाई अझ बलियो बनाउँदै स्वस्थ नेपाल निर्माणको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’