काठमाडौं । सल्यानमा ब्यारेकभित्रै एक जना वरिष्ठ हवल्दार सुतेकै ठाउँमा मृत फेला परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत ४१ वर्षीय वरिष्ठ हवल्दार भीमबहादुर केसी आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
उनी ब्यारेकभित्र ओछ्यानमा मृत अवस्थामा बिहान ६ बजेतिर फेला परेका थिए। केसी पुस २२ गते मात्रै वरिष्ठ हवल्दार पदमा बढुवा भएका थिए ।
बिहान ६ बजे परेडका लागि उठाउन खोज्दा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ । उनको मृत्यु हृदयाघातका कारण भएको प्रहरीले बताएको छ। घर परिवारले शव बुझेर लगेको पनि प्रहरीले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS