काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यक रहेको बताएका छन्।
आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा वित्तीय संस्था परीसंघको टोलीले भेट गरेको थियो ।
भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलिले उद्योग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो ।
बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।
मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए ।
मन्त्री रिजालले भने, ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस् ।’
FACEBOOK COMMENTS