काठमाडौं । मन्त्रीसहितको सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा अवलोकन तथा छलफल गरेको छ । सरकारी टोलीले रास्वपासँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको थियो ।
छलफलका लागि कार्यदल संयोजक तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, सुचना तथा सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनालसहितको टोली रास्वपा कार्यालय पुगेको थियो ।
कार्यालयमा रास्वपाका उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहले सरकारी टोलीलाई स्वागत गर्दै छलफल गरेको थियो । सरकारी टोलीले आजै जनमत पार्टी र राप्रपा कार्यालय पुगेर छलफल गरेको थियो ।
FACEBOOK COMMENTS