काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाहलाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
…त्यसपछि उद्योगी–व्यवसायीहरू अर्थमन्त्री महतसँग रिसाए
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘बेष्ट नन–लाइफ इन्स्योरेन्स अफ द इयर’का रूपमा ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरिएको हो ।
अवार्ड वितरण समारोहका प्रमुख अतिथि विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतले संयुक्त रूपमा उनलाई अवार्ड प्रदान गरे ।
कर्पोरेट बिजनेश अवार्डको यो संस्करणमा चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
को हुन् शाह ?

विभिन्न बीमा कम्पनीहरूको व्यवस्थापकीय जिम्मेवारीमा रहही ३२ वर्ष बिताएका शाह अहिले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । निर्जीवन बीमाको क्षेत्रमा एक उच्च नक्षत्रका रूपमा पहिचान बनाउन सफल उनले बिमक संघ र विकासशील देशहरूको बीमा कम्पनी तथा नियामकहरूको संस्था (एआईआरडीसी) को अध्यक्ष बनेर समेत काम गरिसकेका छन् ।

द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट एफसीए अध्ययन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । उनी वित्त तथा कर लेखापरीक्षण, लगानी र सम्पत्ति व्यवस्थापन, बहुर्राष्ट्रिय फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी)मा पनि राम्रो दख्खल राख्ने व्यक्ति हुन् ।

नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल मार्केटको सीईओ तथा गोर्खा फाइनान्स र सूर्य टोबाकोलगायत विभिन्न कम्पनीहरूमा फाइनान्स म्यानेजर र निर्देशक भएर उनले काम गरिसकेका छन् । यसअघि दुई पटक ‘हन्ड्रेड टप मस्ट इन्फ्लुएस्नल लिडर अवार्ड’, ‘म्यानेजर अफ द इयर र मेम्बर अफ एड्भाइजरी बोर्ड अफ स्कुल अफ म्याथ’लगायत अवार्डहरू पनि उनले प्राप्त गरिसकेका छन् ।
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?