काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य छ ।
क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एअरब्याग परिवर्तन गरिने छ ।
साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत लेबर चार्जमा १०%, पार्टसमा ७%, ल्युब्रिकेन्टमा ५%, एसी रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट प्रदान गरिने छ । यसैगरी, एचडीएस स्क्यान सेवासमेत निःशुल्क उपलब्ध गराइने छ ।
FACEBOOK COMMENTS