दोलखा । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट अफर प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
यो सहकार्यले जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल यार्शामा होटल कोठामा १५% र खाना तथा पेय पदार्थमा ५% छुट छुट सुविधा पाउनेछन् ।
याे अफरले ग्राहकहरूलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा प्राप्त गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिरी स्वच्छ हावा, शीतल मौसम र पदयात्राका लागि उपयुक्त गन्तव्यको रूपमा चिनिन्छ। पारिवारिक घुमघाम, शान्त वातावरणको खोजीमा रहने तथा रोमाञ्चप्रेमीहरूका लागि पनि जिरी उत्तिकै आकर्षक स्थल हो।

यो सहकार्यले स्थानिय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै बैंकका ग्राहकहरूमाझ थप सेवा–सुविधा विस्तार गर्ने विश्वास गरिएको छ।
