काठमाडौं । होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसियाली बारबार’अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही एक लाख रूपैयाँ नगद पुरस्कार जितेका छन् ।
कम्पनीका अनुसार दसैं, तिहार र छठ पर्वका अवसरमा सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएका छन् ।
यस योजनाअन्तर्गत चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रूपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।
योजनाअन्तर्गत चा जना विजेताहरू स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो ।
एकान्तकुनास्थित तिरूमाला मोटर्सबाट निश्चल घर्ती, चितवनको भरतपुरस्थित युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भण्डारी, वालिङस्थित आस्था ट्रेडर्सबाट सन्तोष सुवेदी र महेन्द्रनगरस्थित केडी अटोमोबाइल्सबाट शान्ति साउद योजनाअन्तर्गतको पुरस्कार जित्न सफल भएका हुन् ।
‘हाम्रो चाडबाड, होण्डाको खुसियाली बारबार’ योजना अझै जारी छ । यो योजना होण्डा ईजी फाइनान्समा पनि उपलब्ध छ ।
FACEBOOK COMMENTS