काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकबाट प्रतिनिधि सभा नियमावली पारित गर्ने कार्यसूची रहेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने कार्यसूची छ ।
आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।