काठमाडौं । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् ।
आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो ।
अचेत भएर उनको मृत्यु भएको बताइएको छ । विमानमा मृत्यु भएका महरठ्ठाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी वसन्त रजौरेले बताए ।
उनले भने, ‘प्रहरीले कानुनी प्रक्रिया गरिरहेको छ ।’ टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए ।
उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय हुन् । महरहट्टा अमेरिकाबाट श्रीमतीसँगै नेपाल आएका थिए।
