काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम छ ।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।