काठमाडौं । हायात प्लेस बुटवलले आफ्नो बहुप्रतिक्षित कार्यक्रम न्यू इयर्स इभ अन्डर द स्टार्सू को भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ लाई स्वागत गरेको छ।
२०२६ को पूर्वसन्ध्यामा साँझ ७ बजेदेखि सुरु भएको यो खुल्ला आकाशमुनिको उत्सवले होटेलको स्विमिङ पुल परिसरलाई क्षेत्रकै प्रमुख पार्टी गन्तव्यमा परिणत गरिदियो, जहाँ पाहुनाहरूले भव्य आतिथ्य, जोडदार सांगीतिक माहोल र स्वादिला परिकारहरूको मज्जा लिए। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूले भरिभराउ उक्त कार्यक्रम आयोजकको प्रतिज्ञा बमोजिम नै एक पूर्ण आउटडोरु अनुभव सावित भयो।
जाडोयामको खुल्ला आकाश र वरपरका पहाडहरूको दृश्यका बीच कार्यक्रम स्थललाई रङ्गीचङ्गी बत्तीहरूले सजाइएको थियो, जसले सन् २०२५ लाई बिदाई गर्न एक जादुयी माहोल सिर्जना गर्यो। कार्यक्रमको सञ्चालन मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२५, प्राप्ति रानाभटले गरेकी थिइन् भने उनको आकर्षक प्रस्तुतिले रातभर माहोल जमाएको थियो। त्यस्तै, मनोरञ्जनका लागि विभिन्न कलाकारहरूको प्रस्तुति समावेश गरिएको थियो। साँझको सुरुवात राग एण्ड रिदमु ब्यान्डको सुमधुर लाइभ धुनबाट भयो भने डिनरको समयलाई थप रोमान्टिक बनाउन स्याक्सोफोनको विशेष प्रस्तुति रहेको थियो।
रात छिप्पिदै जाँदा बेली डान्सको प्रस्तुतिले माहोलमा थप ऊर्जा थप्यो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमटिभी स्प्लिट्सभिलामार्फत ख्याति कमाएकी चर्चित सेलिब्रेटी डीजे सुबुही जोशीले स्टेज सम्हालिन्। उनले बलिउड र कमर्सियल हिट गीतहरूको इलेक्ट्रिफाइङ मिक्सु बजाएर पाहुनाहरूलाई डान्स फ्लोरमा नचाएकि थिइन्।
पाहुनाहरूले लाइभ बँदेलको बारबिक्यु सहितको भव्य बफे डिनर र अनलिमिटेड प्रिमियम मदिरा र पेय पदार्थको आनन्द लिएका थिए।
साँझको उत्कर्ष मध्यरातको काउन्टडाउनु थियो। घडीले १२ बजाउँनासाथ ठुलो स्वर र हुटिङका साथ स्विमिङ पुल परिसर गुञ्जायमान भयो र औपचारिक रूपमा सन् २०२६ को स्वागत गरियो। कार्यक्रमको सफलता बारे बोल्दै हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भने हाम्रो ुन्यू इयर्स इभ अन्डर द स्टार्सु उत्सवमा पाहुनाहरूको यस्तो उत्साहजनक सहभागिता देख्दा हामी निकै हर्षित छौं। सबैजना एकै ठाउँमा जम्मा भएर खुसी साटासाट गरेको दृश्य मनमोहक थियो।

खुल्ला आकाशमुनि संगीत, खानपान र बुटवलको सुन्दर दृश्यसहितको यो नौलो अनुभवले पाहुनाहरूलाई नयाँ वर्षको सुरुवातमा एक अविष्मरणीय याद दिएको छ भन्ने हाम्रो विश्वास छ। हायात प्लेस बुटवलले पश्चिम नेपालको हस्पिटालिटी र लाइफस्टाइल कार्यक्रमहरूमा नयाँ आयाम थप्दै आएको छ। न्यू इयर्स इभ अन्डर द स्टार्सू को सफलताले विश्वस्तरीय अनुभव प्रदान गर्ने होटलको प्रतिबद्धतामा उचाइ थपेको छ।

FACEBOOK COMMENTS