काठमाडौं । बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले नजिकिँदै गरेको नेपालीको महान् चाड दशैंलाई लक्षित गर्दै ‘हायरसँग खुसीको पल,सजाऔं हरेक घर’ योजना सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले दशैंकोअवसरमा विद्युतीय तथा घरायसी उपकरण खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत हायर ब्रान्डका रेफ्रिजेरेटर, वासिङमेसिन, चेस्ट फ्रिज र एसी खरिद गर्दा ग्राहकले विभिन्न उपहार, क्यासब्याक तथानि:शुल्क जडानजस्ता सुविधा प्राप्त गर्नेछन् ।

योजनाअन्तर्गत १९० लिटर वा सोभन्दा माथिका सिंगल डोर रेफ्रिजेरेटर खरिदगर्दा ग्राहकले १ हजार ४९० रुपैयाँ मूल्य पर्ने महाराजा ड्राई आइरन नि:शुल्क प्राप्तगर्नेछन् ।

त्यस्तै, डबल डोर रेफ्रिजेरेटरका सम्पूर्ण मोडल खरिदमा ग्राहकले ‘स्योर सटगिफ्ट’का रूपमा ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने महाराजा मिक्सर ग्राइन्डर प्राप्तगर्नेछन् ।

साइड(बाइ(साइड रेफ्रिजेरेटरका सम्पूर्ण मोडल खरिदमा भने १६ हजार९९० रुपैयाँ मूल्य पर्ने महाराजा फुड प्रोसेसर नि:शुल्क उपलब्ध गराइने कम्पनीलेजनाएको छ ।
वासिङ मेसिनतर्फ फुल्ली अटोमेटिक फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ग्राहकलेइन्फ्रारेड कुक टप उपहार प्राप्त गर्नेछन् ।
यसैगरी, हायर ब्रान्डका इन्भर्टर एसीका सबै मोडल खरिदमा ग्राहकले ३ हजाररुपैयाँ मूल्य बराबरको नि:शुल्क इन्स्टलेसन सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमाकिस्ताबन्दी सुविधामार्फत समेत हायरका विभिन्न उपकरण खरिद गर्न सक्नेछन् । यसले ग्राहकलाई एकैपटक पर्न ठूलो आर्थिक भार कम गर्ने कम्पनीको भनाइ छ ।