काठमाडौं । हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो सिजनका लागि डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग “ड्रिभन बाइ हुन्डाई” साझेदारी गरेको छ ।
यो सहकार्यले नेपालको एक अग्रणी अटोमोबाइल ब्रान्ड र एनपीएलका वर्तमान च्याम्पियनलाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ ।
लुम्बिनी लायन्सले दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि जितेको थियो ।
टोलीले आफ्नो उपाधि रक्षा गर्ने तयारी गरिरहँदा, हुन्डाई नेपालले अर्को प्रतिस्पर्धात्मक सिजनका लागि लायन्सलाई आफ्नो समर्थन विस्तार गरेको छ ।
यस साझेदारीमार्फत हुन्डाईले खेललाई अगाडि बढाउने जुझारुपन, टिमवर्क र जितको भावनाको उत्सव मनाउँदै नेपालको बढ्दो क्रिकेट समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ ।
“ड्रिभन बाइ हुन्डाई” लाई यस सहकार्यको मुख्य मर्मका रूपमा राख्दै, यो साझेदारीले खेलकुदलाई सहयोग गर्ने र देशमा रहेका खेल प्रतिभाहरूलाई प्रोत्साहन गर्ने हुन्डाई नेपालको प्रतिबद्धतालाई दर्शाउने कम्पनीले जनाएको छ ।
