काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनीलायन्सको कुलेस्ट पार्टनरको रुपमा बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनीहायर स्मार्ट होमजोडिएको छ ।
यसका लागि दुई पक्षबीच केहिदिन अघिसम्झौता भएको हो । सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमालुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ ।
सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल रहायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा हायरकोलोगो रहने छ । सम्झौतापछि लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले हायरजस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्न पाउनु एनपीएलका लागिपनि महत्त्वपूर्ण भएको बताए ।
‘हायर एउटा विश्वव्यापी ब्रान्ड हो । यस्तो कम्पनीसँग लुम्बिनी लायन्स जोडिँदाएनपीएलका लागि पनि ठूलो अर्थ राख्छ । अन्तर्राष्ट्रिय कम्पनीहरू फ्रेन्चाइज
टोलीसँग जोडिँदा त्यसले एनपीएलको प्रतिष्ठा बढाउन सहयोग गर्छ,’ उनले भने ।हायरका उपाध्यक्ष झाले पनि लुम्बिनी लायन्ससँगको सहकार्यले नेपाली क्रिकेटलाईथप उचाइमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

‘हायर विश्वकै अग्रणीब्रान्डमध्ये एक हो भने लुम्बिनी लायन्स एनपिएलको अग्रणी टोली हो । यही कारणपनि हामीले यो साझेदारी गरेका हौँ । नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान दिँदैआएको लुम्बिनी लायन्ससँग जोडिन पाउँदा हामी खुसी र उत्साहित छौँ,’ उनले भने
।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान रोहित पौडेलको कप्तानीमा रहेकोलुम्बिनी लायन्सको टोलीमा सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, आसिफ शेख,किशोर महतो, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतम, आकाशत्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहान छन् ।

भने, विदेशी खेलाडीकारूपमा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी आर्सी सर्ट, नामिबियाका तीव्र गतिकाबलर रुबेन ट्रम्पलम्यान र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालगायतटीममा रहेका छन् ।
