काठमाडौं । आईएमई लाइफ यन्स्योरेन्स कम्पनीले ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड, २०२४’ प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड वितरण समारोहमा कम्पनीले मेरिट अवार्ड प्राप्त गरेको हो ।
होटेल र्याडिसनमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख (सीएफओ) जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरे । यो अवार्ड हालसम्म दुईमात्र जीवनबीमा कम्पनीले प्राप्त गरेका छन् ।
यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल इन्स्योरेन्सले पायो ‘गोल्ड अवार्ड’
FACEBOOK COMMENTS