एजेन्सी । आईएमएफका प्रवक्ता जुली कोजाकले बिहीबार वासिङ्टनमा कोषको साप्ताहिक प्रेस ब्रिफिङमा श्रीलङ्काको आर्थिक सुधारले सकारात्मक नतिजा ल्याउन थाले पनि देशको अर्थतन्त्र अझै कमजोर रहेको बताएका छन् । यसमा दिगो बृहत् आर्थिक स्थायित्व र ऋण राहत आवश्यक छ ।
कोजाकले भने,“आईएमएफ कार्यकारी बोर्डले फेब्रुअरी २८ मा विस्तारित कोष सुविधा (इएफएफ) व्यवस्था अन्तर्गत श्रीलङ्काको तेस्रो समीक्षा पूरा गर्यो । यो स्वीकृतिले देशको चलिरहेको आर्थिक नीति र सुधार एजेन्डालाई समर्थन गर्न ३३ करोड ४० लाख तुरुन्तै वितरण गर्न सक्षम बनाउँछ ।”
“यो वितरणसँगै, श्रीलङ्कालाई कुल आईएमएफ वित्तीय सहयोग अब १।३४ अर्ब डलर पुगेको छ,” उनले भने । कोजाकले कम मुद्रास्फीति र वित्तीय राजस्व सङ्कलनमा सुधार सहित श्रीलङ्काका लागि धेरै प्रोत्साहनजनक आर्थिक सूचकहरू पनि प्रकाश गरे । उनले दुई वर्षको सङ्कुचनपछि सन् २०२४ मा अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि हुने बताए ।
“हामी यो पुनर्लाभ सन् २०२५ सम्म जारी रहने अपेक्षा गर्छौं । यी सबै श्रीलङ्का र यसका जनताका लागि धेरै सकारात्मक विकासहरू हुन् ।”
FACEBOOK COMMENTS