काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन् ।
भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि, अमेरिकाले भेनेजुएलाको तेल उद्योगको नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो मात्रामा तेल आपूर्ति गर्न तयार भएको समेत बताएका छन् ।
ट्रम्पले पहिले नै भारतसँग सम्झौता गरिसकेको बताउदै भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सक्छ र त्यो सम्झौता गरिसकेको उनको दाबि छ । ट्रम्पले भने– ’चीनलाई भेनेजुएला तेल किन्न पनि स्वागत छ, तिनीहरू आएर किन्न सक्छन् ।’
ट्रम्पको दावीको बारेमा भारत सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
FACEBOOK COMMENTS