काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा कमब्याक गरेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै सिरिजमा कमव्याक गरेको हो ।
अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछाएको भारतले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
भारतको जितमा वाशिंटन सुन्दरले सर्बाधिक ४९ रन बनाएका थिए भने तिलक बर्माले २९, अभिषेक शर्माले २५, कप्तान सूर्यकुमार यादवले २४, जितेश शर्माले २२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर नाथन इलिसले ३ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि टिम डेभिडले सर्बाधिक ७४ रन बनाएका थिए भने मार्कस स्टोइनिसले ६४ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिएका थिए ।

यो जितपछि ५ खेलको सिरिज १–१ ले बराबरी भएको छ । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । अब सिरिजको चौथो खेल विहिबार हुने तालिका रहेको छ ।

FACEBOOK COMMENTS