काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेनको नयाँ संस्करण सुरु गरेको छ।
अघिल्लो संस्करणको उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यसपटक अभियानलाई थप परिस्कृत र व्यापक बनाइएको कम्पनीले जनाएको छ।
ड्राइभर पार्टनर्सको निरन्तर मेहनत र समर्पणप्रति सम्मान व्यक्त गर्न ल्याइएको यो अभियान अन्तर्गत इनड्राइभले ग्रान्ड प्राइजको रुपमा टाटा एक्सप्रेस–टी ईभी कार, टीभीएस रेइडर मोटरसाइकल, स्मार्टफोन, स्मार्टवाच, र इयरबड्स जस्ता आकर्षक पुरस्कारहरू राखेको छ।
कम्पनीका अनुसार यो क्याम्पेनमा सहभागी हुन चालकहरूले २०२५ जुन २२ सम्म कम्तीमा ३५ राइड पूरा गर्दै प्लेटिनम स्ट्याटस हासिल गर्नुपर्नेछ। त्यसपछि जुन २३ देखि जुलाई १३ सम्म सञ्चालन हुने साप्ताहिक च्यालेन्जहरूमा भाग लिन सकिनेछ। ती साप्ताहिक च्यालेन्जहरूमा सहभागी चालकहरूले साप्ताहिक पुरस्कार जित्ने मौका मात्र होइन, ग्रान्ड प्राइज जित्ने अवसर पनि पाउनेछन्।
ग्रान्ड प्राइज अन्तर्गत:
ट्याक्सी (क्याब) चालकहरूका लागि टाटा एक्सप्रेस–टी ईभी कार
बाइक राइडरहरूका लागि टीभीएस रेइडर मोटरसाइकल
त्यसैगरी, अन्य पुरस्कारहरूमा:
१५ ओटा स्मार्टफोन
३० ओटा स्मार्टवाच
३० ओटा इयरबड्स समावेश छन्।
साप्ताहिक रुपमा:
५ स्मार्टफोन
१० स्मार्टवाच
१० इयरबड्स वितरण गरिनेछ।
तीन हप्तासम्म सञ्चालन हुने यो क्याम्पेनमा, प्रत्येक हप्ताको अन्त्यमा विजेताहरूको घोषणा गरिनेछ भने, जुलाई १७, २०२५ मा ग्रान्ड विनर को घोषणा गरिनेछ। ग्रान्ड प्राइजका लागि योग्य हुन, चालकहरूले तीनै हप्तामा प्लेटिनम स्ट्याटस कायम गर्नुपर्नेछ।
इनड्राइभ साउथ एशियाका क्षेत्रीय ड्राइभर अपरेसन टिम लिडर डिमित्री ओख्लोप्कोभले क्याम्पेनप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, “हाम्रा चालक साथीहरू इनड्राइभको सफलता र स्थायित्वको मेरुदण्ड हुन्। यो अभियान तिनीहरूको कठोर मेहनत र समर्पणलाई सम्मान गर्ने हाम्रो पहल हो। चालकहरूलाई सम्मान गरेर, हामी सम्पूर्ण इनड्राइभ समुदायलाई अझ मजबुत बनाउने दिशामा अघि बढिरहेका छौं।”
इनड्राइभ नेपालकी ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जीमी राईले पनि अभियानप्रति सकारात्मक धारणा राख्दै भनिन्, “हामीले जुन वाचा गरेका थियौं, त्योभन्दा पनि आकर्षक र ठुलो गिभअवे कार्यक्रम ल्याएका छौं। हाम्रा चालकहरूको अविश्वसनीय परिश्रम, सेवाप्रति समर्पण र सुरक्षामा देखाएको प्रतिबद्धता प्रति हाम्रो कदरस्वरुप यो अभियान हो। अहिले नै तपाईंको राइड सुरु गर्नुहोस् र मेगा गिफ्ट जित्ने मौका नछुटाउनुहोस्।”
कम्पनीले अभियानमार्फत ड्राइभर समुदायमा सकारात्मक प्रतिस्पर्धा, सम्मान र पुरस्कृत हुने संस्कार विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
FACEBOOK COMMENTS