काठमाडौं । जेन जी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ ।
आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबार आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ ।
अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए । कार्की भने जेनजी आन्दोलनको अघिल्लो दिन प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन् ।
२३ गते बेलुकी मन्त्रिपरिषदको निर्णयपछि भोलिपल्ट अर्थात भदौ २४ गते बिहानदेखि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए ।
जाँचबुझ आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको हो ।

अघिल्लो सातादेखि शुरु भएको काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान भने सकिएको छ ।

तत्काली प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान दिइसकेका छन् । पुगनपुग एक सातामात्रै अवधि बाँकी रहँदा आयोगले बयानको काम सकेको छैन ।

FACEBOOK COMMENTS