काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
गोरखापत्र संस्थानको १२३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अध्यारोपबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्ने बताए ।
उनले गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी रहेको पनि बताए ।
सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा लैजान आवश्यक रहेको पनि उनले बताए विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही सदुपयोग गर्न र युग सापेक्ष बनाउन जरुरी रहेको प्रचण्डले बताए ।
उनले भने, ‘गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाइमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी छ । सामाजिक सद्भाव र संस्कृतिलाई कसरी हामीले विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान सकिन्छ ? त्यसमा ध्यान दिन जरुरी छ । आजको विज्ञान प्रविधिको युगमा विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सदुपयोग गर्दै युगसापेक्ष बनाउन जरुरी छ ।’
प्रधामन्त्री प्रचण्डले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचनाको खाँचो औंल्याएका छन् ।
FACEBOOK COMMENTS