काठमाडौं । अर्धजलाशययुक्त ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा ८ बैंकले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । त्यसका लागि बिहीबार आयोजित कार्यक्रममा सम्झौता भएको छ ।
सम्झौतामा बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साहस ऊर्जाका निर्देशक सुशील थापाले हस्ताक्षर गरे । यो आयोजना टाइम्स इनर्जीले निर्माण गर्दैछ । टाइम्स इनर्जी साहस ऊर्जाको सहायक कम्पनी हो ।
सम्झौता अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब रूपैयाँ लगानी गर्ने भएको छ भने लक्ष्मी सनराइजले ८ अर्ब, नबिलले ८ अर्ब, ग्लोबल आइएमईले ७ अर्ब, माछापुच्छ्रेले ४ अर्ब, सिटिजन, नेपाल इन्फ्रास्ट्रक्चर र प्रभु बैंकले ३र३ अर्ब, कृषि विकास बैंकले २ अर्ब ५० करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपलमेन्ट कम्पनी ९एचआईडीसीएल०ले ४ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।
आयोजना निर्माण गर्दा प्रति मेगावाट २० करोड ५३ लाख रुपैयाँका दरले ७० अर्ब खर्च हुने छ । आयोजनाले २५ प्रतिशत अर्थात १७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजीबाट जुटाउने जनाएको छ । स्वपुँजीमध्ये ५१ प्रतिशत लगानी साहस ऊर्जाको हुनेछ ।
FACEBOOK COMMENTS